FAQs Complain Problems

संक्षित परिचय

नेपालमा खस भाषाकाे उद्गम स्थान जुम्ला  जिल्लाकाे सिंजामा र २२ औं  राज्यकाे शत्तीशाली राज्यकाे रूपमा परिचित सिंजा भएकाे हुदा यस गाउँपालिका लाई सिंजा गाउँपालिकाे नाम रहन गएकाे हाे । यस गाउँपालिकामा विभिन्न जातजाति मानिसहरूकाे बसाेवास  रहेकाे, जसमा  ब्राह्मण  ,क्षेत्री , शुद्र  र वैश्य मध्ये क्षेत्रीकाे बसाेवास बढी रहेकाे छ । जुम्ला जिल्लाका ८ ओटा स्थानीय तहहरूमध्ये  सिंजा गाउँपालिका पनि हाे । यस गाउँपालिका  साविक काे ३ वटा  गा.वि.स. लाइ समायाेजन गरी  बनेकाे गाउँपालिका लाई ६ वटा वडा हरू रहेकाे छ । धार्मिक , सास्कृतिक , ऐतिहाँसिक  पर्यटकिय  हिसावमा आफ्नै महत्व बाेकेकाे  छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरकाे रूपमा  देउली माई, मालिका बाँओ , राेप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि । पर्यटकिय रूपमा पनि  उतिकै महत्व रहेकाे छ । चारैतिर पहाडले घेरी काे र विच सानाे उपत्येका मा रहेकाे यस सिंजा गाउँपालिका मा  हिम नदि , दृश्य अवलाेकन गर्न सकिने पहाडहरू आदि  । विभिन्न किसिमका जडिबुटी  दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।